कांग्रेसको कार्यतालिका अनुरुप अधिवेशन अगाडि बढ्न सकेन भने डेट सर्छ : सहमहामन्त्री राठौर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नियमित महाधिवेशन कार्यतालिकाअनुसार अगाडि बढ्न नसके मिति सर्ने बताएका छन् ।

आइतबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै राठौरले भने, ‘अधिवेशनको प्रक्रिया अगाडि बढिरहेको छ । हामीले निकालेको कार्यतालिका अनुरुप अधिवेशन अगाडि बढ्न सकेन भने कार्यतालिकाको डेट सर्छ । केन्द्रीय समितिमा बसेर छलफल हुन्छ । केन्द्रीय कार्यसमितिले सार्ने हो ।’

उनले भने, ‘नियमित महाधिवेशनको कार्यतालिका आइसकेको छ । त्यो अनुरुप पार्टी अगाडि बढिरहेको छ । क्रियाशील वितरण चार वर्षसम्म नभएका नवीकरण पनि हुँदै छन् ।’

Published : Sunday, 2025 December 28, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया