जग्गा व्यवसाय गर्न लाइसेन्स लिनुपर्ने, महानगर र उपमहानगरमा लागू हुने
काठमाडौं । कालोधन रोक्ने बहानामा सरकारले जग्गा व्यवसायीहरूलाई कडा रुपमा कस्दै लगेको छ ।
घरजग्गा कारोबारमा कालोधन रोक्न र व्यवस्थित बनाउन भूमि व्यवस्था तथा अभिलेख विभागले यसै सातादेखि लाइसेन्स वितरण शुरू गर्न लागेको जनाएको छ । जग्गा कारोबार गर्न अब सरकारबाट लाइसेन्स लिनुपर्ने भएको छ ।
लाइसेन्स लिन परेका आवेदनमा नेपाल प्रहरीको सहयोगमा विभागले अध्ययन र अनुसन्धान गरिरहेको जनाएको छ । विभागले १ सय ९८ कम्पनीको पृष्ठभूमि अध्ययन गरिरहेको छ ।
गत वर्षको फागुनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय–एफएटीएफले नेपाललाई ग्रे लिस्टमा राखेपछि घरजग्गा कारोबारमा समेत कालोधन रोक्न सरकारले व्यवसायीका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ ।
मालपोत ऐन २०३४ मा निश्चित क्षेत्रफल र रकमभन्दा माथिको घरजग्गा कारोबार गर्दा इजाजतप्राप्त संस्थाबाट गराउनुपर्ने व्यवस्था छ । ग्रे लिस्टमा परेपछि मात्रै सरकारले यस्ता संस्थामार्फत कारोबार गराउन खोजेको हो । लाइसेन्सका लागि अहिलेसम्म १ सय ९८ वटा आवेदन परेको विभागले जनाएको छ ।
गत वैशाखमा सरकारले बनाएको ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतिकरण २०८२ मा घरजग्गा कारोबारका लागि इजाजत पाउने संस्थाका सञ्चालकहरू आपराधिक क्रियाकलापमा संलग्न भए–नभएको हेर्नुपर्ने व्यवस्था छ । जसअनुरुप नै विभागले प्रहरीसाग अहिलेसम्म आवेदन परेका १ सय ९८ वटा संस्थाका सञ्चालकहरूको पुलिस रिपोर्ट मागिरहेको छ ।
एक पटकमा तीन करोड रूपियाँभन्दा माथिको जग्गा कम्पनीले खरिद वा बिक्री गर्न लागे लाइसेन्सप्राप्त संस्थामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
जग्गा व्यवसायीले भने एक करोडभन्दा माथिको जग्गा अनुमतिप्राप्त संस्थामार्फत कारोबार गर्नुपर्ने र शेयबजारजस्तै सूचीकरणमा जानुपर्ने सुझाव दिएका छ ।
शुरूमा ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाबाट शुरू गर्न लागिएको यस्तो व्यवस्था लागू गर्न लागिएको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया