राजनीतिमा को–को जुट्छन् ? को–को फुट्छन् ? कांग्रेसलाई चासो छैन : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह (बालेन्द्र) बीचको मिलन कुनै अनौठो नभएको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले रास्वपा सभापति रवि लामिछाने र साहबीच भएको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताए ।

उपसभापति गुरुङले राजनीतिमा को–को जुट्छन् र को–को फुट्छन् भन्नेकुरा कांग्रेसलाई चासोको विषयको नभएको बताए । उनले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताए ।

राजनीतिमा सबैखाले चुनौति आउने भन्दै हरेक चुनौतिको सामना गरेर आएको कांग्रेसले यसलाई गम्भीर रुपमा लिन आवश्यक नरहेको उनले बताएका छन् ।

‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । को–को मिल्छन्, को–को जुट्छन्, कोको फुट्छन्,’ उनले भने, ‘राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नुपर्दैन ।’

Published : Sunday, 2025 December 28, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया