राष्ट्रिय सभाको बैठक अधिवेशन बोलाउन कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गरेको छ ।
आइतबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेर कांग्रेसले अबिलम्व बैठक बोलाउन माग गरेको हो । नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले अध्यक्ष दाहाललाई भेट गरेको छ ।
गत पौष १० गते बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरू उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सभा सदस्य कमलादेवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा र पदम परियार लगायतले अध्यक्ष दाहालसँग भेट गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया