शान्ति सुरक्षा मिलाउनुपर्छ कांग्रेस, एमालेलगायतका दल चुनावका लागि रेडी छन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल चुनावका लागि तयार रहेको बताएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले भने, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं ।’

सभापति देउवाले भने, ‘कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ ।’

त्यसका लागि सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्ने देउवाको भनाइ छ । ‘सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री सुशीला कार्कीले सभापति देउवासहित नेकपा (एमाले)का अध्यक्ष केपी ओली, नेपाली कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेकी थिइन् ।

Published : Saturday, 2025 December 27, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया