महामन्त्री थापालाई औकातमा बस्ने कांग्रेसको सुझाव, धेरै चुरीफुरी नगरी जिम्मेवारी पूरा गर्न आग्रह
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले समानुपातिक सूची तयार गर्नका लागि बिभिन्न मापदण्डका बारेमा छलफल भइरहेको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै डा.महतले युवाहरूको भावनालाई बुझ्न सक्ने, संसदमा प्रभावकारी निर्वाह गर्न सक्ने, अवसर प्राप्त गर्न नसकेकाहरूलाई समेटेर सबै जिल्ला समावेश हुने गरि समानूपातिक सूची तयार गरिने बताए ।
प्रवक्ता डा.महतले महाधिवेशनको कार्यतालिकाका आधारमा तयारी गर्ने विषयमा पनि छलफल भइरहेको बताए । पूर्वमन्त्री समेत रहेका नेता डा.महतले क्रियाशील सदस्यताको विवादका कारण जिल्ला अधिवेशन समयमा नै हुने नदेखिएको बताए ।
डा.महतले पार्टीका सदस्यहरूले कसैले कसैलाई दोष नदिइ विधिसम्मत रुपमा क्रियाशील सदस्यताको विषयलाई टुङ्गोमा पुरा¥यानुपर्ने बताएका छन् ।
कांग्रेस प्रवक्ता डा.महतले महामन्त्री गगन थापालाई पार्टीमा आफ्नो जिम्मेवारी भुलेर अतिरञ्जित हुने गरी प्रस्तुत नहुन आग्रह गरेका छन् । उन भने, ‘म त पार्टीको प्रवक्ता जिम्मेवार ढंगले प्रस्तुत हुन्छु । उहाँ (गगन थापा) त झन् पार्टीको महामन्त्री हुनुहुन्छ, उहाँबाट सम्पूर्ण नेता कार्यकर्ता सबै साथीहरूले जिम्मेवारीको अपेक्षा गर्छन् ।’
‘त्यसैले कुनै विषयलाई पनि हामीले अतिरञ्जित गर्ने गरी सार्वजनिक गर्न हुँदैन, अब कमिटीको बैठकमा जे भएको त्यही राखिरहेको छु त्यो कुरा हामीले गर्नुप¥यो,’ उनले भने ।
‘अहिले कसैलाई दोष दिने कुरा छैन । सभापतिले कार्यवाहक सभापतिले सबै जिम्मेवारी दिनुभएको छ,’ प्रवक्ता डा.महतले भनेका छन् ।

बुधबार महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएपनि आफैँ शक्ति प्रयोग गरिरहेको आरोप लगाएका थिए । महामन्त्री थापाले क्रियाशील सदस्यताको विवाद समाधान गर्न सकिरहेका छैनन् । विशेष महाधिवेशनको नाममा बबण्डर मच्चाइरहेका थापाले अहिले आएर राष्ट्रिय राजनीतिमा कांग्रेसलाई प्रवेश गर्न नदिएको भनेर आफू पन्छिन खोजेका छन् । जबकि थापाले विशेष महाधिवेशनको नाममा बबाल गरेर कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रवेश नै गर्न दिएका छैनन् । घाइते सभापति शेरबहादुर देउवाको स्वास्थ्य लाभको कामना समेत गरेका छैनन् ।
सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइसकेका छन् । सभापति देउवा कार्यसमिति बैठकमा गएका पनि छैनन् । पदाधिकारी र कार्यसम्पादन समितिको बैठकमा पनि देउवा उपस्थित भएका छैनन् । महामन्त्री थापाले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेर सञ्चारमाध्यममा सभापति देउवाविरुद्ध अभिव्यक्ति दिने र समाचार लेखाउने हर्कत गरिरहेका छन् । आफ्ना कर्तुत् लुकाउन महामन्त्री थापाले कार्यबाहक दिएर घरमा बसेका सभापति देउवाविरुद्ध अराजक अभिव्यक्तिहरू दिइरहेका छन् ।
जिल्लाहरूमा क्रमसंख्या नभएको क्रियाशील सदस्यता फारम गएकाले फेरि पठाउनुपर्ने अवस्था रहेको डा.महतले बताए । कतिपय जिल्लामा समयमै फारम भरेर बुझाउन नसकेको र भरेर मात्रै नहुने र इन्ट्री गर्नुपर्ने भएकाले त्यो सहज नरहेको उनले बताए ।
उनले भने, ‘क्रमसंख्या नभएको धेरै ठाउँमा त्यो विषय समस्या छ । सक्रिय सदस्यता फारम गएको हुनाले फेरि पठाउनुपर्नेछ । कतिपय जिल्लाहरूमा समयमा भरेर बुझाउन सकेको अवस्था छैन । भरेर मात्रे पुग्दैन, इन्ट्री गर्नुपर्छ । सहज त्यो छैन ।’
विधिसम्मत तरिकाले काम गर्नुपर्ने भएकाले क्रियाशील सदस्यता टुंगिने कुरा जिल्लाका कार्यकर्ताले प्रयास गर्दा पनि सफल हुन नसकेको उनको भनाइ छ ।
‘जिल्ला कार्यालय नै तहसनहस छ । यी सबैले गर्दा क्रियाशील सदस्यता टुंगिने कुरा जिल्लाजिल्लाका साथीहरूले आफ्नो भरमजबुर प्रयास गर्दागर्दै पनि सबै ठाउँमा एकनास किसिमबाट सम्पन्न हुन सकेको छैन,’ डा.महतले भने ।
जसका कारण तोकिएको समयमा अधिवेशन गर्न सबैको तदारुकता र क्रियाशीलता हुँदाहुँदै पनि सम्भव नरहेको उनले बताए । पार्टीका जिम्मेवार पदाधिकारीहरूले गहन र गम्भीर भएर आफ्ना धारणा राख्नुपर्ने उनको भनाइ छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया