राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण गर्ने निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)बीच एकीकरण हुने निर्णय भएको छ ।
बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत राप्रपा र राप्रपा नेपालबीच एकीकरण गर्ने निर्णय भएको बताएका छन् । उनले पार्टी एकीकरण गर्ने भने पनि कुन मोडलमा हुन लागेको हो केही भनेका छैनन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपाका अध्यक्ष थापाबीच पार्टी एकीकरण गर्ने निर्णय भए पनि विस्तृत जानकारी दिइएको छैन ।
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी विभाजन गरेर राप्रपा नेपाल गठन गरेका थिए । त्यसपछि थापाले एमालेको चुनाव चिन्ह ‘सूर्य’बाट प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरबाट उम्मेदवार समेत बनेका थिए । तर, थापा पराजित भएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया