प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय, प्रतिनिधि सभामा उम्मेदवार बनाउने
काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जना उम्मेदवारहरूको नाम हटाउने निर्णय गरेको छ ।
बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशसभाको बन्द सूचीबाट १९ जनाको नाम हटाउन निर्वाचन आयोगलाई लेखेर पठाउने निर्णय भएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै डा.महतले भने, ‘प्रदेश सभामा बन्द सूचीमा रहेका साथीहरू, बन्द सूचीबाट आफ्नो नाम हटाएर संघीय समानुपातिकमा जान चाहनुहुन्थ्यो । १९ जना त्यस्तो सूचीहरू हटाउन चाहने साथीहरूको सूची पढियो र सूचीलाई पास गरेर निर्वाचन आयोगलाई जानकारी पठाउने निर्णय भएको छ ।’
बन्द सूचीबाट नाम हटाउन चाहेका १९ जनालाई संघीय संसद (प्रतिनिधि सभा)को निर्वाचनमा उम्मेदवार बनाउने कांग्रेसको तयारी छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया