राप्ती नदीसहित दाङका विभिन्न स्थानमा अबैध उत्खनन् गर्ने २१ सवारी साधनलाई कारबाही
घोराही । दाङमा राप्ती नदीसहित विभिन्न स्थानमा नदीजन्य पदार्थ अवैध उत्खनन् गर्ने १९ वटा ट्याक्टर र २ वटा टिप्परहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ ।
पुस १ देखि पुस ९ गतेसम्म राप्ती नदीसहित दाङका विभिन्न स्थानमा अवैध उत्खनन् गर्ने २१ वटा सवारी साधनहरूलाई नियन्त्रणमा लिएको दाङ प्रहरीका प्रवक्ता एवम् सूचना अधिकारी (डीएसपी) चक्रबहादुर शाहद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन् गर्ने २१ वटा सवारी साधनबाट ४ लाख ९३ हजार २ सय ३६ रुपियाँ जरिवाना कारबाही भएको छ ।
Published : Wednesday, 2025 December 24, 5:24 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया