बहुदरमाई नगरपालिकाका अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले मुस्तफासहितका ३ जनाविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ । गैरकानूनी लाभ वा हानि पु¥याइ भ्रष्टाचार गरेको आरोपमा आयोगले मुस्तफासहित नगरपालिकाका सहलेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक÷प्रधानसम्पादक संजयकुमार साहविरुद्ध मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरिया प्रवेशद्वारदेखि नगरदाहासम्म सडक कालोपत्र गर्न खरिद ठेक्का लगाउँदा आपसी मिलेमतोमा ठेक्का लुकाएर नजिकको मान्छेलाई ठेक्का दिएर उनीहरूले भ्रष्टाचार गरेको आयोगको आरोप छ ।
२०८० चैत २५ गतेको बोलपत्र आह्वान भएको सूचना उक्त पत्रिकाको एकप्रतिमा मात्र प्रकाशित गरेको तर, प्रेस काउन्सिल नेपालको अभिलेखमा राखिएको उक्त दिनको पत्रिकाको हार्डकपी र पीडीएफ दुवैमा बोलपत्रको सूचना प्रकाशन नभएको पाइएको अख्तियारले जनाएको छ ।
पत्रिकामा बोलपत्रको सूचना प्रकाशित नै नगरी झुट्टा बिल, भरपाइ पेस गरी ६५ हजार रुपियाँ सो पत्रिकालाई भुक्तानी दिएको पाइएको अख्तियारको आरोपपत्रमा छ ।
अख्तियारले तीन जनाविरुद्ध त्यति नै रकम बराबरको बिगो दाबी सहित मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया