क्रम संख्या नै नभएको फारम पठाएका गगन आत्तिए, कांग्रेसको जिल्लाहरूलाई परिपत्र
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले जिल्ला कार्यसमितिहरूलाई परिपत्र पठाएर क्रियाशील सदस्यता वितरणमा आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेका छन् ।
मंगलबार माहमन्त्री थापाले परिपत्र गरेर भनेका छन्, ‘पार्टी केन्द्रीय कार्यसमितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा विधान बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई ने सिधे पठाउने व्यवस्था भएको विदित नै छ । यसअघि फारम पठाउँदा कतिपय क्षेत्रमा क्रम संख्या नभएको फारम समेत वितरण भएको जानकारी प्राप्त भएकोले पुनः क्रम संख्या नम्वर सहितका नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पठाइसकिएको छ ।’
‘पार्टीको १५औं महाधिवेशनको कार्यतालिका अनुसार नवीकरण र नयाँ क्रियाशील सदस्यता फार्म वितरण प्रक्रिया र मापदण्ड लगायतका विषयमा जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्रमार्फत विस्तृत जानकारी गराइसकिएको छ,’ थापाले परिपत्रमा भनेका छन् ।
‘नयाँ क्रियाशील सदस्यता फार्म वितरण गर्दा जिल्ला कार्यसमितिको तर्फबाट प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ/नगरपालिका कार्यसमिति र वडा कार्यसमितिसँग समन्वय, सहजीकरण, सहयोग र अनुगमन गर्न गराउनु होला,’ उनले भने ।
‘नेपाली कांग्रेसको विधानको धारा ४ (८) (क)(१) बमोजिम नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा परेका उजुरीको प्रारम्भिक छानविन र निर्णय गर्ने कार्य जिल्लास्थित क्रियाशील सदस्यता प्रारम्भीक छानविन समितिको रहेकोले तहगत रुपमा सदस्यता वितरणको सहजीकरण, अनुगमन गर्दै कतै समस्या वा उजुरी गुनासो आएमा सो उपर छानविन गरी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार समयतालिका भित्रै निर्णय गरी केन्द्रमा जानकारी गराउनु होला,’ महामन्त्री थापाले भनेका छन् ।
समितिका संयोजक एवम् महामन्त्री थापाले भने, ‘नयाँ क्रियाशील सदस्यता १५औं महाधिवेशनको कार्यतालिका अनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्र अनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोही अनुसार मापदण्ड समेत पठाइसकेको अवस्थामा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले नयाँ कृयाशील सदस्यता वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गर्नु गराउन हुन यो परिपत्र गरिएको छ,’ थापाले भने ।
महामन्त्री थापाले जिल्ला कार्यसमितिहरूलाई पठाएको परिपत्रको बोधार्थ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, गाउँ÷नगरपालिका कार्यसमिति, वडा कार्यसमिति, प्रदेश कार्यसमितिलाई पनि दिएका छन् ।
महामन्त्री थापाले चार वर्षसम्म क्रियाशील सदस्यताको समस्या समाधान गर्न ध्यान दिएनन् । कानमा तेल हालेर बसे । सभापति शेरबहादुर देउवाको आलोचनामा नै समय खर्चिए । अहिले आएर हतार हतारमा क्रियाशील सदस्यताको विषयलाई टुंगाउन खोजेका छन् । जबकि धेरै क्षेत्र र जिल्लाहरूमा क्रियाशील सदस्यताको समस्या महामन्त्री थापाले भनेअनुसार तत्काल समाधान हुने अवस्था छैन ।
क्रियाशील सदस्यताको फारम जिल्ला र क्षेत्रमा पठाउँदा क्रम संख्या नै नरहेको फारम पठाउने समितिका संयोजक समेत रहेका महामन्त्री थापाले आफ्नो गल्ती र कर्तुतहरू लुकाउन फेरि पनि सभापति देउवामाथि आरोप लगाउनेछन् । सभापति देउवाले महामन्त्री थापालाई क्रियाशील सदस्यतासम्बन्धी कामको प्रगतिबारे निरन्तर जानकारी माग गर्दै आएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया