बंगलादेशमा सम्पन्न चेसमा सिलवाललाई नवौं स्थान
काठमाडौं । एमटीबी ईन्टरनेश्नल मास्टर्स चेस प्रतियोगितामा नेपाली युवा चेस खेलाडी पुरुषोत्तम सिलवालले मिश्रित नतिजा प्राप्त गरेका छन् ।
बङ्गलादेशको राजधानी ढाकामा आयोजित ईन्डिपेन्डेन्ट युनिभर्सिटीको आयोजना तथा बंगलादेश चेस फेडेरेसनको तत्वावधानमा ९ दिनसम्म सञ्चालन भएको त्रिदेशीय राउन्ड रोबिन चेस प्रतियोगितामा आयोजक राष्ट्रका २३७१ रेटेड अन्तर्राष्ट्रिय मास्टर रेजा नीर मनुनले ६.५ अंक जोडेर प्रथम स्थान हासिल गरेका छन् ।
ईन्डिपेन्डेन्ट युनिभर्सिटीको सभाहलमा सम्पन्न प्रतिस्पर्धामा बंगलादेशका २३३९ रेटेड एफएम सक्किन मुस्तफाले ६ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा द्वितीय स्थान प्राप्त गरेका छन् ।
म्युच्युअल ट्रष्ट बैंकको प्रायोजनमा सकेको खेल नतिजा अनुसार भारतका २३८८ रेटेड खेलाडी विभोर अदकले समान ६ अंक बनाएर प्रोग्रेसिभ प्वाइन्टका आधारमा तृतीय भएका छन् ।
१० जना शीर्ष खेलाडीबीच चलेको स्पर्धामा बंगलादेशका २२६१ रेटेड अन्तर्राष्ट्रिय मास्टर मिनाह उद्दिन ५.५ अंक जोडेर चौथो भए । भारतका २३५० रेटेड अर्पन दासले ५ अंक बनाएर पाँचौं, बंगलादेशका २२३९ रेटेड अन्तर्राष्ट्रिय मास्टर अबू सुफियान सकिलले ४ अंकमा छैंटौं, भारतका २२७३ रेटेड फिडे मास्टर गुर्पित पालले ४ अंक सहित सातौं स्थानमा रहे ।
भारतका २२२२ रेटेड एफएम खान्दाकर अमिनुलले ३.५ अंक जोडेर आठौं, नेपालका २०७४ रेटेड क्यान्डिडेड मास्टर पुरुषोत्तम सिलवालले २.५ अंक बनाएर नवौं र बंगलादेशका २०४६ रेटेड खेलाडी अमितबिक्रम रोयले २ अंकमा सिमित भई दशौं स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेका छन् ।
नेपालका पुरुषोत्तम सिलवालले सशक्त खेलाडीहरूको सामाना गर्दै आफूभन्दा उच्च रेटेडका तीनजना खेलाडीहरूसँग बराबरी गर्न सफल भएका छन् । सिलवालले बङ्गलादेशका अमितबिक्रम रोयलाई पराजित गरेका छन् । अन्य खेलाडीसँग भने पराजयको सामना गर्न पुगे ।
अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम सिलवालले २११ १ रेटिङ पर्फम गरेका थिए । उनले २४५० रेटिङको खेलस्तर देखाउन सके अन्तर्राष्ट्रिय मास्टरको पहिलो नाम प्राप्त गर्न सफल हुने थियो ।
प्रतियोगितामा व्यक्तिगत सम्पर्क गरेर सहभागी भएका सिलवालले खेलपूर्व नेपाल बुद्धिचाल महासंघलाई उक्त खेलमा सहभागी हुनका निम्ति समन्वय गरिदिन आग्रह गरेको जानकारी गराएका छन् ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया