निर्वाचनबाट नयाँ संसद् ल्याउन नसके विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : कांग्रेस प्रवक्ता डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अन्तरिम सरकारले निर्वाचनबाट नयाँ संसद् ल्याउन नसके विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वमन्त्री समेत रहेका डा.महतले निर्वाचन गरेर सरकारले संसद् ल्याउने अवस्था नभए प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताए । उनले भने, ‘अब होइन भनेदेखि संसद् पुनःस्थापनाको बाटोमा जान्छ । संसदले सरकार बनाउँछ । त्यसले फेरि चाँडै गर्छ । इलेक्सन ०८४ सम्म बस्नु पर्दैन । २०८३ निर्वाचन हुन्छ ।’
‘निर्वाचनबाट संसद् बनाउनु प¥यो,’ डा.महतले भने, ‘त्यो सरकारले सक्दैन भने संसद् पुनःस्थापनाबाट हुनुपर्छ भन्ने मलाई लाग्छ । अहिलेको स्थिति यही हो ।’
प्रवक्ता डा.महतले सरकारले फागुन २१ गते निर्वाचन गर्नुपर्ने बताउँदै कांग्रेस चुनावमा सहभागी हुन तयार रहेको बताए ।
उनले भने, ‘जनताले जे म्यान्डेट दिन्छन्, जनताको जे इच्छा हुन्छ, त्यो इच्छा संसदमा प्रकट हुन्छ । त्यो संसदले आवश्यक सुधारका कुरादेखि संवैधानिक सुधारका कुराहरू र अरू कुराहरू अगाडि बढाउँछ ।’
उनले भने, ‘त्यहाँ एकदम अन्यौलता छ । उग्रवादको पराकाष्टा भइरहेको छ । निर्वाचन झन् अनिश्चितता तर्फ गइराखेको छ । हाम्रो देशलाई पनि त्यही बाटोमा राख्नु भएन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया