ललितपुरमा दुई जनाको हत्या, अभियुक्त पक्राउ
लगनखेल । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ को शेरेफाटमा फार्म हाउस चलाएर बसेका सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं. ५ घर भई ललितपुर बस्ने केशवराज हायु र पारुहाङ राईको हत्या भएको छ ।
उनीहरूको हत्या रमेश भन्ने देवराज ढुंगेलले गरेको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ । ढुंगेलले उनीहरूसँगै फार्म हाउस चलाउँथे ।
सिन्धुलीको सुनकोशी–४ घर भई हाल ललितपुरको महालक्ष्मी बस्ने २१ वर्षीय देवराजले लिएको पैसा नर्तिनका लागि राई र हायुको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार देवराजले केशवराज हायुसँग १२ लाख र पारुहाङ राईसँग ५ लाख सापटी लिएका थिए ।
वैदेशिक रोजगारीमा जान तयारी गरिरहेका हायुले देवराजसँग सापटी दिएको पैसा फिर्ता मागेका थिए । पैसा फिर्ता मागेपछि रिसाएका देवराजले उनलाई ज्यामिरेकोटको जंगलमा लगेर अत्यधिक मदिरा खुवाएर हत्या गरेका थिए ।
मंसिर २४ गते राति ८ बजे हायुलाई घुम्न जाम भनि ज्यामिरेकोटमा लगेका थिए । त्यहाँ गोल्डेनओक नामक मदिरा अत्यधिक खुवाएर ढलेको अवस्थामा ह्याम्मरले हानेर देवराजले हत्या गरेको प्रहरीले जनाएको छ । सिन्धुलीकै जयराम अधिकारीसँगको मिलेर ढुंगेलले हायुको हत्या गरेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रवक्ता एवम् एसपी काजीकुमार आर्चायका अनुसार देवराजले भोजपुरको अरूण गाउँपालिका–३ घर भई हाल हायुसँगै फार्म हाउस सञ्चालन गर्ने पारुहाङ राईलाई पनि भक्तपुरको सुर्यविनायक–७ देउराली भञ्जाङको झाडीमा लगी गत मंसिर २५ गते राति ९ बजे हत्या गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया