घाइते सभापतिमाथि निर्मम प्रहार गर्दै आएका गगन काठमाडौं- ४ मा गुटको भेलामा पत्नी र छोरी सम्झिएर रोए

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू र आफ्नो परिवारलाई भदौ २३ र २४ गतेको घटनाले पीडा दिएको भन्दै पत्नी, छोरी र परिवारका अन्य सदस्यहरूलाई लिएर रोएका छन् ।

सोमबार काठमाडौं क्षेत्र नं. ४ मा राखिएको आफू निकटका कांग्रेसका अगुवा कार्यकर्ताहरूको गुटको भेलामा उनले छोरी र पत्नी तथा परिवारका सदस्य जेनजी आन्दोलनको भदौ २४ गतेको आक्रमणबाट अहिले पनि त्रासमा रहेको बताए । छोरी र पत्नीको कुरा स्मरण गरेर थापा मञ्चमा रोएका छन् । भावुक बनेका छन् ।

भदौ २४ गते सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणालाई हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएर गम्भीर अवस्थामा अस्पतालमा उपचाररत रहेका बेला देउवालाई सभापति पदबाट हटाएर आफू सभापति बनन कीर्ते हस्क्षार अभियान चलाएका थिए ।

आफ्नो पत्नी, छोरी, बुबा र आमालाई भएको डर, त्रासको कुरा सार्वजनिक रुप बोल्ने क्रममा भक्कानिएका महामन्त्री थापाले अरुको बेदना र भावना देखेनन् ।

भदौ २४ गते महामन्त्री थापालाई पनि जेनजी आन्दोलनकारीले कुटपिट गरेर घरबाट लखेटेका थिए । थापाको घरमा लुटपाट गरेर सामानहरू लगेका थिए । महामन्त्री थापाको घरबाट रोयर स्यालुट जस्ता ब्राण्डेड महँगा रक्सी पनि लुटपाट भएको चर्चा छ ।

महामन्त्री थापाले भने, ‘अस्ति एकदिन चाहिँ एकदमै नरमाइलो लाग्यो । मसँग त भनेको होइन । मेरो छोरीले के भनेछ, ठूलो छोरीले भने मेरो वाईफलाई एकदिन बस्दै गर्दा । जुनदिन पहिलो दिन चाहिँ बच्चाहरू ठीक भइरहेको होला भन्ने लागेको हुन्छ नि त ! मेरो साथीको घरमा गएर बस्न गएको थियो । बस्न गएको ठाउँमा चाहिँ…अस्ति भरखरको कुरा । पहिलो दिन गएर त्यो सुतेको दिनमा चाहिँ, त्यो दिन चाहिँ उठ्न नपरे हुन्थ्यो भन्ने लाग्यो भन्ने चाहिँ…त्यो दिन नरमाइलो लाग्यो ।’

‘आज घरबाट हिँड्ने बेला…स्कुल बन्द…मलाई स्कुल बन्द छभन्ने कुरा मलाई थाहा पनि थिएन । हड्ताल रहेछ । घरमा किन बसेको भनेको स्कुल विदा छ । म घरबाट हिँड्ने बेला बाबा अब हामी घरबाट भाग्ने अवस्था…नभाग्ने है । अब चाहिँ भाग्ने अवस्था नपरोस् है भनेर….मैले चाहिँ त्यस्तो आउँदैन भनेर…आउन दिनु हुँदैन भने,’ गगनले भने ।

आफू र आफ्नो परिवारलाई परेको पीडालाई लिएर सार्वजनिक कार्यक्रममा रुने महामन्त्री थापा आफ्नो व्यक्तिगत स्वार्थका लागि अन्य व्यक्ति वा नेताहरूमाथि निर्मम ढंगले प्रस्तुत हुँदै आएका छन् ।

एमालेका नेता प्रदीप ज्ञवाली पनि महासचिव पदमा अध्यक्ष केपी ओलीको समूहबाट उम्मेदवार दिन नपाएपछि सार्वजनिक स्थानमा रोएका थिए । त्यसको केही दिनभित्रै कांग्रेसका महामन्त्री थापा पनि पत्नी र छोरीको पीडालाई लिएर सार्वजनिक स्थानमा रोएका छन् ।

Published : Monday, 2025 December 22, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया