रौहतहटबाट कांग्रेसद्वारा मुख्यमन्त्री यादवसहितका नेताहरूको नाम सिफारिस
चपुर । नेपाली कांग्रेस, रौतहटले प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ बाट मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित चार जनाको नाम सिफारिस गरिएको छ ।
रौतहट कांग्रेस क्षेत्र नं. ४ ले निवर्तमान सांसद देवप्रसाद तिमल्सिनासहित तीन जनाको नाम सिफारिस गरेको छ । समानुपातिक तथा राष्ट्रियसभातर्फका उम्मेदवारहरूको नाम पनि क्षेत्रीय समितिहरूले जिल्ला समितिमा पठाएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ डा.फिरदोश आलमको एकल नाम सिफारिस गरिएको छ । डा.फिरदोश स्व.नेता मोहम्मद आफताब आलमका छोरा हुन् ।
नेपाली कांग्रेस क्षेत्र नं. १ ले मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, रामेश्वरप्रसाद यादव, नितेशकुमार गुप्ता र सन्तु यादवलाई सिफारिस गरेको रौतहट कांग्रेसले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया