नवराज कार्कीद्वारा कांग्रेसकी युवा नेतृ आचार्यलाई निच र लैंगिक विभेदपूर्ण शब्दमा गालीगलौज
काठमाडौं । नेपाली कांग्रेकी युवा नेतृ शर्मिला आचार्यलाई नवराज कार्की नाम गरेका एक व्यक्तिले सामाजिक सञ्जालमा निकै विभेदपूर्ण र निच शब्दसहित गालीगलौज गरेर ईनबक्समा म्यासेज पठाएका छन् ।
रामेछाप जिल्ला घर भएका कार्कीले कांग्रेस नेतृ आचार्यलाई गालीगलौजका शब्दसहितको अपमानित गर्ने गरेर ईनबक्समा म्यासेज गरेका हुन् । आचार्यले ती व्यक्तिको म्यासेजको स्क्रिन सर्ट सार्वजनिक गरेकी छिन् ।
कांग्रेस नेतृ आचार्यले भनेकी छिन्, ‘यो मानिस को हो ? मलाई ईनबक्स म्यासेन्जरमा समेत आएर धम्काउँदै छ । मेरो कुरामा असमहत भए सार्वजनिक पोस्टमा स्वस्थ आलोचना सहित आफ्नो प्रतिक्रिया जनाउनु स्वाभाविक हो । तर, यसरी व्यक्तिगत ईनबक्समा आएर जथाभावी बोल्नु, धमकाउनु कानूनी अपराध हो । यी घाँसहरूबिरुद्द कानूनी कारबाहीमा जाँदैछु ।’
कार्कीले ईनबक्स म्यासेजमा लेखेका छन्, ‘ए साले र…को छोरी तेरो स्टाटस मैले धेरै हेरिसकेको छु । देश र विकास विरोधी तँलाई कस्तो आमाले जन्मा दियो ? तँ घाँस खाने पशु हो की के हो ? सरकारले यति ठूलो गलत गर्दा पनि बोल्न नसक्ने पशु अरुलाई आरोप किन ?’
कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थक हुन् । कार्कीले रास्वपाको समर्थनमा रहेका तस्बिर, भिडियो र सामग्रीहरू सेयर गरेका छन् । निकै अराजक शैलीमा उनले कांग्रेस नेतृ आचार्यलाई धम्की दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया