कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिले समेत मप्रति विभेद गरेकोमा आपत्ति छ : नेता शाह
काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाहले पार्टीको लोकतान्त्रिक चरित्रमा दाग लाग्ने गरी केही व्यक्तिहरूले गतिविधि गरेकोमा चिन्ता जनाएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत नेता शाहले प्रतिनिधिसभाको टिकटमा आकांक्षी र सम्भावित उम्मेदवारको सिफारिस गर्ने विषयमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, कपिलवस्तुले समेत अन्याय गरेको बताएका छन् । कपिलवस्तु क्षेत्र नं. ३ क्षेत्रीय कार्यसमितिले समेत आफूमाथि अन्याय गरेपछि नेता शाहले क्षेत्र, जिल्ला, लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिसम्म उजुरी दिएका छन् ।
उनले लेखेका छन्, ‘सम्पूर्ण मा नमस्कार जय नेपाल । नेपाली कांग्रेसको टिकटको नाम सिफारिसको विषय अहिले चर्चा मा छ । मेरो कसैसंग दुःख गुनासो केही छैन ।’
‘मेरो भनाई के मात्र हो भने नाम सिफारिस गरी पठाउनुपर्छ जसले टिकट पाउँछ उसले लड्छ क्षेत्रीय कार्यसमितिको निर्णयबिरुद्द मैले जिल्ला, प्रदेश र केन्द्रमा पार्टीको विधानअनुसार उजुरी पनि गरेको छु,’ नेता शाहले भने, ‘त्यसको बावजुद जिल्ला कार्यसमितिले समेत मप्रति विभेद गरेकोमा मेरो आपत्ति छ ।’
‘यो नेपाली कांग्रेसको चरित्र होइन लोकतान्त्रिक पार्टीलाई कुन बाटोमा लैजाने प्रयास हुँदैछ ?,’ प्रश्न गर्दै उनले लेखेका छन्, ‘म नेताको चाकरी होइन जनताको सेवा गर्ने मान्छे हो तपाईंहरूको साथ माया र आशीर्वादको अपेक्षा सहित विचलित नभई सदैब सेवा मा समर्पित छु ।’
कपिलवस्तु क्षेत्र नं. ३ मा प्रतिनिधिसभा उम्मेदवार प्रत्यक्षतर्फ नेता शाह पनि आकांक्षी छन् । उनले टिकटका लागि दाबी गरेका थिए । तर, कापिलवस्तु क्षेत्र नं. ३ कार्यसमितिले छापामार शैलीमा एकलौटी रुपमा वीरेन्द्र कनौडियाको नाम सिफारिस गरेर नेता शाहको नाम नै सिफारिस गरेको छैन । त्यसपछि नेता शाहले जिल्ला कार्यसमिति, लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा उजुरी दिएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, कपिलवस्तुले समेत नेता शाहको उजुरीको सुनुवाई नै गरेको छैन । नेता शाहको उजुरीका विषयमा छलफलबिन गर्नुपर्ने थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया