जेनजी आन्दोलनका बेला केन्द्रीय कारागारबाट फरार सिर्जना विराटनगरमा पक्राउ
विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङले भदौ २४ गते केन्द्रीय कारागार, सुन्धारा, काठमाडौंबाट फरार अपराधी ४२ वर्षीया सिर्जना मगरलाई पक्राउ गरेको छ ।
२०८२ भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सिर्जना केन्द्रीय कारागार, सुन्धारा, काठमाडौंबाट भागेकी थिइन् । मानव बेचबिखन मुद्दामा कैद भुक्तानी गरिरहेकि सिर्जना उदयपुरको कटाहरी नगरपालिका वडा नं. ४ स्थायी ठेगाना भएकी हुन् ।
सिर्जनालाई प्रहरीले मोरङको विराटनगर महानगरपालिका वडा नं. ११ बसपार्कस्थित लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
प्रहरी टोलीले सिर्जनालाई पुस २ गते अन्दाजी राति ८ बजे विराटनगर– ११ बसपार्कबाट नियन्त्रणमा लिई जिल्ला कारागार, मोरङमा बुझाएको छ ।
Published : Thursday, 2025 December 18, 10:06 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया