अबैध सुपारी पर्सा प्रहरीद्वारा नियन्त्रण, सुपारी र ट्रकको मूल्य ४ करोड ७७ लाख

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले ४ करोड ७७ लाख ४० हजार बराबरको सुपारी लोड र अनलोड रहेको ट्रकहरूसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार विशेष सूचनाको आधारमा पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिकाको वडा नं. २ बाईपास रोडमा रहेको निशान्त रोनावतको दाल फ्याक्ट्रीमा २ कन्टेनर सुपारी बरामद गरेको सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजु कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी प्रमुख (एसपी) सुदीप पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले अबैध सुपारी अनलोड गरिरहेको अवस्थामा बरामद गरेको छ । ना ७ ख ७४२० र ना ४ ख ६८३२ नम्बरको ट्रलाई पर्सा प्रहरीले सुपारीसहित नियन्त्रणमा लिएको छ ।

ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१९ बस्नेत वर्ष ५१ का रामप्रसाद यादव र अर्का चालक जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २० का वर्ष ४१ का रामभरोस महरालाई पक्राउ गरिएको छ ।

Published : Thursday, 2025 December 18, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया