रवि लामिछाने फरार भएकै दिन भागेका दुई अपराधीलाई सीआईबीद्वारा पक्राउ
काठमाडौं । सहकारी ठगी र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फरार भएकै दिन भदौ २४ गते सुन्धारा जेलबाट भागेका दुई जना अपराधीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते ४६ वर्षीय श्यामलाल डंगोल र ३० वर्षीय विनोद के.सी. भन्ने विनोद गौतम फरार भएका थिए । डंगोल र गौतमलाई सीआईबीले बिहीबार कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धारामा पेश गरेको सीआईबीका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंको टोखा नगरपालिका वडा नं.१ घर भएका डंगोललाई अदालतले मानव बेचबिखन मुद्दामा ३२ वर्षको काराबास सजाय फैसला गरेको थियो । ९ वर्ष भुक्तान गरेका डंगोल भदौ २४ गते फरार भएका थिए । डंगोललाई सीआईबीको टोलीले टोखा नगरपालिका वडा नं. ३ टोखाचण्डेश्वरीबाट पक्राउ गरेको बिहीबार जारी सीआईबीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ६ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. २४ बानियाटार बस्दै आएका गौतमलाई अदालतले अपहरण शरीर बन्धक डाँका र संगठित पराधमा १३ वर्ष ६ महिना कारागार सजाय फैसला गरेको थियो । ३ वर्ष भुक्तान गरेका गौतम भदौ २४ गते जेलबाट फरार भएका थिए । गौतमलाई सीआईबीको टोलीले टोखा नगरपालिका वडा नं. ३ टोखाचण्डेश्वरीबाट पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
संयोग मान्नुपर्छ रास्वपाका सभापति लामिछानेलाई उच्च अदालत, तुलसीपुरले धरौटी रकममा छाड्न आदेश दिएकै दिन सीआईबीले लामिछाने फरार भएकै दिन भागेका दुई अपराधी डंगोल र गौतमलाई पक्राउ गरेर कारागारमा बुझाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया