लागुऔषध व्यूरोद्वारा ठमेलमा उप्रेतीलाई खैरो हेरोईनसहित पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले ३९ वर्षीय रन्जोक उप्रेतीलाई खैरो हेरोईनसहित पक्राउ गरेको छ ।
व्यूरोको टोलीले पुस १ गते काठमाडौंको ठमेलबाट खैरो हेरोईन २६३ ग्रामसहित पक्राउ गरिएको बिहीबार जारी प्रेस विज्ञप्तिा उल्लेख छ ।
मोरङको विराटनगर महानगरपालिका वडा नं. १६ निवासी उप्रेतीलाई ठमेलबाट खैरो हेरोईनसहित नियन्त्रणमा लिइएको एसपी जनकबहादुर शाहीले बताए ।
पक्राउ परेका उप्रेती उपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रेस विज्ञप्तिमार्फत व्यूरोले जनाएको छ ।
Published : Thursday, 2025 December 18, 12:57 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया