सभापति देउवासँग तरुण दलका अध्यक्ष गुरुङद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भेट गरेका छन् ।

बिहीबार काठमाडौंस्थित निवासमा सभापति देउवासँग अध्यक्ष गुरुङले भेट गरेर पार्टीभित्रको आन्तरिक विषयमा छलफल गरेका हुन् । सभापति देउवालाई अध्यक्ष गुरुङले तरुण दलको गतिविधिका विषयमा जानकारी गराएका छन् ।

भेटमा नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशनलाई सफल बनाउने विषयमा उनीहरूका बीच छलफल भएको छ । फागुन २१ गते हुन लागेको निर्वाचनका विषयमा पनि छलफल भएको अध्यक्ष गुरुङले बताएका छन् ।

सभापति देउवाले पार्टीको १५औं महाधिवेशन र फागुन २१ गते हुन लागेको निर्वाचनका विषयमा केन्द्रित रहेका तरुण दललाई सक्रिय बनाउन अध्यक्ष गुरुङलाई निर्देशन दिएका छन् ।

तरुण दलका अध्यक्ष गुरुङले फागुन २१ गतेको निर्वाचन गराउनु पर्ने र सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने धारणा राखेका छन् ।

Published : Thursday, 2025 December 18, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया