इलाम कांग्रेसद्वारा केशव, सुजातासहितका नेताहरूको नाम सिफारिस

इलाम । नेपाली कांग्रेस, इलामले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभातर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

इलाम कांग्रेसले दुई निर्वाचन क्षेत्रका लागि ११ जनाको नाम सिफारिस गरेको छ । इलाम क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ निस्कल राई, केशव थापा, टीकाराम सुब्बा लेप्चा, डम्बर खड्का, भुपेन्द्र कट्टेल, हरिप्रसाद लुइँटेल र नगेन्द्र बुढाथोकीको नाम सिफारिस गरिएको इलाम कांग्रेसले जनाएको छ ।

सिफारिस भएका मध्ये केशव थापा पहिला तीन निर्वाचन क्षेत्र हुँदा इलाम क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाका लागि निर्वाचित भएका थिए ।

टीकाराम सुब्बा लेप्चा संविधान सभा सदस्यमा समानुपातिकतर्फबाट सांसद बनेका थिए ।

इलाम कांग्रेसले क्षेत्र नम्बर–१ मा समानुुपातिकतर्फ चक्र एक्तेन, भीष्म प्रधान, अनिता श्रेष्ठ र कुसुम दहालको नाम सिफारिस गरेको छ । कांग्रेसले क्षेत्रनम्बर –२ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्दम, ईश्वर चिपालुको नाम सिफारिस गरेको छ । नगेन्द्र कुमाल यसअघि एकपटक समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद भएका छन् ।

कांग्रेसले क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ पनि नाम टुङ्ग्याएको छ । समानुपातिकतर्फ सुजाता परियार, माधव चौलागाईं, प्रेमिका राना मगर, धनमान बराइली, शान्तिकला राई तामाङ, निर्मला सन्जेल, भुवानीशम्शेर राईको नाम सिफारिस गरेको छ ।

सिफारिसमध्ये केशव थापाको नाम दुवै निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ ।

Published : Wednesday, 2025 December 17, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया