वीरगञ्जबाट काठमाडौं जाँदै गरेको सुमो बतासेमा दुर्घटना
बतासे । मकवानपुर जिल्लाको बतासेमा यात्रुबाहक टाटा सुमो गाडी दुर्घटना भएको छ ।
बुधबार ईन्द्रसरोवर गाउँपालिका वडा नं. २ बतासेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा टाटा सुमो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । प्रहरी चौकी, खानीखेतबाट प्रहरी टोली दुर्घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको छ ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना.१ ज ६९५६ नम्बरको टाटा सुमोको अचानक ब्रेक जाम हुँदा अनियन्त्रित भई बीच सडकमा पल्टिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
टाटा सुमो गाडीमा चालकसहित ९ जना सवार थिए । दुर्घटनामा १ जना महिला सामान्य घाइते भएकी छिन् । बाँकी ८ जना सकुशल छन् । घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
Published : Wednesday, 2025 December 17, 8:03 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया