मधेशको गन्दा राजनीति सफा गर्न आएका कांग्रेसका यादव नेतृत्वको सरकारले विश्वासको मत लिने
जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार पुस ४ गते विश्वासको मत लिने भएका छन् ।
बुधबार मुख्यमन्त्री यादवले प्रदेश सभा सचिवालयलाई पत्र लेखेर विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । पत्रमा शुक्रबार अपराह्न ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।
जनमत पार्टीको सरकार ढलेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनल, एमालेका सरोज यादवको सरकार विश्वासको मत पाउन नसकेर ढलेको थियो । जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहको सरकार पार्टीभित्रको आन्तरिक खिचलोले ढलेको थियो ।
मधेश प्रदेशमा राजनीतिक अस्थिरता र सत्ताको गन्दा खेल भएपछि नेपाली कांग्रेस संसदीय दलका नेता यादवले मुख्यमन्त्री पदको शपथ लिएका थिए । कांग्रेसबाट मुख्यमन्त्री बनेका यादवलाई अधिकांश दलहरूको समर्थन रहेको छ ।
कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री यादवको सरकारलाई बचाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि एमाले लगायतका प्रमुख दलहरूसँग लबिङ गरिदिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया