क्रियाशील सदस्यता फारममा पनि गगनको जालझेल, सभापति देउवाले सचेत गराएपछि निर्णय फिर्ता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा संयोजकत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले गोलमाल र कीर्ते गतिविधि गरेपछि सभापति शेरबहादुर देउवासँग भेट गरेर नेता डा.शेखर कोइरालाले असन्तुष्टि राखेका छन् ।
मंगलबार काठमाडौंमा सभापति देउवालाई भेटेर नेता डा.कोइरालाले क्रियाशील सदस्यता व्यवस्थापन समितिको कामकारबाहीप्रति चिन्ता जनाएका हुन् ।
सभापति देउवाले क्रियाशील सदस्यता फारममा क्रम संख्या नरहेको र नम्बरबिनाका फारमहरूबारे सचेत गराएपछि महामन्त्री थापा नेतृत्वको समितिले मंगलबार नै अर्को निर्णय गर्नुका साथै ती फारमहरू फिर्ता मगाएर नयाँ फारम पठाउने निर्णय गरेको छ ।
महामन्त्री थापाले क्रियाशील सदस्यतासम्बन्धी फारमहरूमा क्रम संख्या नै नराखेर जिल्लाहरूमा पठाएपछि विवाद भएको थियो । समितिका संयोजक समेत रहेका महामन्त्री थापाको गतिविधिको आलोचना भइरहेको छ । महामन्त्री थापाले पार्टी कब्जा गर्न कीर्ते गतिविधि र हर्कत गरिरहेको भनेर आक्षेप लागेको छ ।
क्रम संख्या नरहेको र नम्बरबिनाका फारमहरू जथाभावी वितरण गरेर पार्टी कब्जा गर्न सकिन्छ कि भन्ने महामन्त्री थापाको योजना तुहिएको छ । थापाको निरंकुश गतिविधिको पार्टीभित्र विरोध भइरहेका छन् ।
सभापति देउवा र नेता डा.कोइरालाबीच क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रम संख्या÷नम्बरबिनाका फारामहरू जिल्लामा पठाएको विषयमा कुराकानी भएको बुझिएको छ ।
सभापति देउवासँग नेता डा.कोइरालाले केही नेता तथा कार्यकर्ताहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा गर्न पनि अनुरोध गरेका छन् ।
सभापति देउवासँगको भेटमा नेता डा.कोइरालाले केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललाई लिएर गएका थिए ।
सभापति देउवाले नेता डा.कोइरालासँग क्रम संख्या/नम्बरबिनाका फाराम तत्काल फिर्ता गरी नयाँ पठाउन निर्देशन दिने आश्वासन दिएका थिए ।
सभापति देउवासँग नेता डा.कोइरालाले महमन्त्री थापाका पछिल्ला गतिविधि महाधिवेशन विरोधी र पार्टी कब्जाको नीति अन्तर्गत भइरहेको गुनासो गरेका छन् । डा.कोइरालाले क्रम संख्या/नम्बरबिनाका फारामका आधारमा महाधिवेशन प्रक्रिया शुरु हुनै नसक्ने बताएको बुझिएको छ ।
यसैबीच, कांग्रेसको क्रियाशील सदस्यता फारममा विवाद भएपछि पुनः प्रकाशन हुने भएको छ । क्रियाशील सदस्यता फारममा क्रमसंख्या नै नराखी जिल्लाहुँदै क्षेत्र, पालिका र वडामा पुगेपछि त्यसमाथि प्रश्न उठेका थियो ।
नम्बरबिनाका क्रियाशील सदस्यता फारम वितरणका लागि क्षेत्रमा पुगेपछि क्रमसंख्या नभएको भन्दै प्रश्न उठेको छ । नवलपरासी, बाँके, धनुषसहितका जिल्लाले प्रश्न उठाएपछि सदस्यता व्यवस्थापन केन्द्रीय समितिकी सदस्य सीता गुरुङले बैठकमा प्रश्न उठाएकी थिइन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको महामन्त्री थापा नेतृत्वको समितिको बैठकले सदस्यता फारम पुनः प्रकाशन गरी क्रमसंख्यासमेत राखेर पठाउने निर्णय गरेको छ । विदेशस्थित जनसम्पर्क समितिले बाँड्ने क्रियाशील सदस्यता फारम वितरणका लागि पनि पुस ५ गतेसम्मको म्याद तोकिएको छ । विदेशस्थित जनसम्पर्क समितिमा पनि क्रमसंख्याविहीन फारमहरू गएको छ ।
क्रियाशील सदस्यता फारम पुनः प्रकाशन गरी दुई दिनभित्र क्षेत्र क्षेत्रमा पु¥याउने निर्णय समितिले गरेको छ । अब विगतमा बुझेर लैजाने व्यक्तिको नामाम त्यति नै सदस्यता केन्द्रबाटै जिल्लाहरूलाई पठाइनेछ ।
कांग्रेसले नयाँ सदस्यता वितरण पुस ३ गतेभित्र गरिसक्न केन्द्रीय समितिको कार्यतालिकासहित परिपत्र गरेको छ । अब सदस्यता फारम भने ३ गतेभन्दा पछि पुग्ने अवस्था बनेको छ ।
सदस्यता फारम छापिन थालिसकेको छ । कर्णाली सुदूरपश्चिमसहित दुर्गममा प्राथमिकताक्रमा प्लेनबाट सदस्यता फारम पठाइनेछ । पुस ३ गतेसम्म पुगिसक्ने गरी प्लेनमा फारम पठाएर कार्यतालिकाकका केही मात्र तलमाथि हुने गरी काम अघि बढाइनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया