भारतको सहयोगमा सिन्धुपाल्चोकमा २ वटा स्वास्थ्य चौकीको भवन शिलान्यास
ईन्द्रावती । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको वडा नम्बर ३ र वडा नम्बर ६ मा दुई स्वास्थ्य चौकी भवनको निर्माण हेतुले दुई वटा भवनको शिलान्यास गरिएको छ ।
मंगलबार ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले संयुक्त रुपमा दुई वटा भवनको शिलान्यास गरेक हुन् ।
ईन्द्रावती गाउँपालिकाको वडा नम्बर ३ र वडा नम्बर ६ मा रहेका स्वास्थ्य चौकी भवनहरू भारत सरकारको करिब नेरु.४ करोडको कुल आर्थिक सहयोगमा निर्माण गरिनेछ ।
यी स्वास्थ्य चौकीहरूमा उपयुक्त सुविधाहरू सहितको दुई तल्ले भवनहरू हुनेछन् । यी परियोजनाहरूलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ । ईन्द्रावती गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।
ईन्द्रावती गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गरेका छन् । उनीहरूले निर्माण हुने नयाँ स्वास्थ्य पूर्वाधारले यस क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार अभिवृद्धि गर्नुका साथै विकास र प्रगतिका लागि नेपाल सरकारले चालेको प्रयासलाई बढावा दिन भारत सरकारले गरेको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया