पोखरा घर भएका बराइलीलाई अपराध प्रहरीद्वारा काठमाडौंमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारको लागि यु.के. पठाइदिन्छु भनेर ठगी गर्ने ५० वर्षीय लालबहादुर बराइलीलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पोखरा महानगरपालिका वडा नं. १५ स्थायी घर भएका बराइलीलाई काठमाडौं महानगरपालिका वडा नं. १२ बाट पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयका सूचना अधिकारी एवम् एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ परेका बराइलीले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर ५२ लाख रुपियाँ ठगी गरेको उजुरीमा देखिएको छ ।

पीडितको उजुरीको आधारमा बराइलीलाई पक्राउ गरेर थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको एसपी आचार्यले बताए ।

Published : Tuesday, 2025 December 16, 6:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया