पर्सा प्रहरीद्वारा १ सय ७६ किलो गाँजा र गाडी बरामद

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले १ सय ७६ किलो गाँजा, पिकअप गाडी र एकजनालाई पक्राउ गरेको छ ।

सोमबार प्रहरी चौकी, सिरसिया, पर्साबाट खटिएको प्रहरी टोलीले राति वीरगञ्ज महानगरपालिका वडा नं.१७ कोनियास्थित सामुदायिक अस्पताल, अलौबाट कोनिया जाने ग्राबेल सडकखण्डमा बा. २१ च ७८५५ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गाडीमा प्लास्टिकको बोरामा गाँजा जस्तो देखिने पदार्थ परालले छोपी लुकाइ छिपाई राखिएको अवस्थामा १२ पोकामा रहेको १७६ किलो गाँजा बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।

गाडी चालक रामेछापको खाडादेवी गाउँपलिका वडा नं.१ बस्ने वर्ष २८ का सुवराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Tuesday, 2025 December 16, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया