राष्ट्रपति पौडेलका विज्ञ सल्लाहकार थापाको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।

सक्रिय राजनीतिमा क्रियाशील रहने उद्देश्यले थापाले राष्ट्रपतिको विज्ञ सल्लाहकारबाट राजीनामा दिएका हुन् । थापाले आफूले केही दिनअघि नै राष्ट्रपतिसमक्ष राजीनामा पेस गरी स्वीकृतसमेत भइसकेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका थापाले भने, ‘मैले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको हो, स्वीकृत पनि भइसकेको अवस्था छ । पार्टीको महाधिवेशन आउँदैछ, त्यसैले पार्टीमै क्रियाशील रहने निर्णयमा पुगेँ ।’

राष्ट्रपति पौडेलले कांग्रेस नेता थापालाई २०७९ चैत १६ गते विज्ञ सल्लाहकारमा नियुक्त गरेका थिए ।

Published : Tuesday, 2025 December 16, 4:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया