दम्ती–अँधेरी सडकखण्ड कालोपत्र गर्ने कामको शहरी विकासमन्त्री राणाद्वारा उद्घाटन
बाग्दुला । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले दम्ती–अँधेरी सडकखण्डको कालोपत्रेका लागि उद्घाटन गरेर सुरुवात गरेका छन् ।
सोमबार मन्त्री राणाले नेपाली कांग्रेस प्यूठानका नेताहरू, स्थानीय जनता, मातहतका कर्मचारी तथा कालोपत्रे गर्न ठेक्का पाएको निर्माण कम्पनीका प्रतिनिधि लगायतको उपस्थितिमा दम्ती–अँधेरी सडक (बाग्दुला–बाहाने सडकखण्ड)को उद्घाटन गरेका हुन् ।
सडक कालोपत्रे कार्यको उद्घाटन गर्दै मन्त्री राणाले आफूले चुनावका बेला मतदातासमक्ष गरेको प्रतिवद्धताअनुसारको काम हुन लागेको बताए । उनले कालोपत्रे गर्दा आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको स्थानीयहरूलाई गुणस्तरीय कामको अनुगमन गर्न आग्रह गरेका छन् ।
स्थानीयहरूले मन्त्री राणालाई प्यूठानी जनताको छोराको रुपमा ब्याख्या गरेका छन् । मन्त्री राणाले प्यूठानको विकासका लागि उल्लेख्य बजेट र योजनाहरू ल्याएका छन् ।
प्यूठान कांग्रेसका नेता एवम् प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माका अनुसार प्यूठानका जनताको लामो समयको इच्छालाई शहरी विकासमन्त्री राणामार्फत पूरा हुन लागेको छ । बर्माले भने, ‘देखिँदैछ परिणाम, पूरा हुँदैछन् बाचा निर्वाचनका बेला जनतासामु व्यक्त गरिएका प्रतिबद्धताहरू आज व्यवहारमा रूपान्तरित हुँदैछन् । कांग्रेसका युवा नेता, लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा)ले दम्ती–अँधेरी सडक (बाग्दुला–बाहाने सडकखण्ड)को कालोपत्रे कार्य २०८३ असार मसान्तसम्म सम्पन्न गर्ने गरी आज सिलन्यास गर्नुभएको छ ।’
उक्त सडकका लागि शहरी विकास मन्त्रालयमार्फत १२ करोड रुपियाँ विनियोजन भएको छ । यसअघि मन्त्री राणाकै पहलमा सडक पहुँच नपुगेको बाहाने–स्याउलीबाङ सडकका लागि ४२ करोड विनियोजन भई निर्माण कार्य अन्तिम चरणमा पुगेको उपमेयर बर्माले बताएका छन् ।
त्यसैगरी बाग्दुला–मच्छी सडकका लागि विनियोजन गरिएको ३० करोड रुपियाँको टेण्डर प्रक्रिया समेत अगाडि बढिसकेको छ ।
‘बाचा मात्र होइन, विकासको स्पष्ट दिशा र परिणाम देखिने काम यही हो जिम्मेवार नेतृत्वको पहिचान,’ उपमेयर बर्माले शहरी विकासमन्त्री राणाको प्रशंसामा भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया