धम्कीशैलीमा महेश बस्नेतद्वारा आफैलाई जंगली हिंस्रक जनावरसँग तुलना

काठमाडौं । उत्तेजक अभिव्यक्ति र गतिविधि गर्दै आएका एमालेका नेता महेश बस्नेतले आफूलाई हिंस्रक जंगली जनावरसँग तुलना गरेका छन् ।

सोमबार राति सामाजिक सञ्जालमा आफूलाई जंगली जनावर बाघसँग तुलना गरेर बाघ र आफ्नो तस्बिरलाई सार्वजनिक गरेका छन् । बस्नेतका गतिविधि अराजक, उत्तेजक, हिंस्रक र शान्ति सुरक्षालाई खलल पुग्ने खालका भएको भन्दै आलोचना भइरहेका बेला आफैले आफूलाई हिंस्रक जंगली जनावरसँग तुलना गरेका हुन् ।

एमालेका नेता बस्नेतले धम्कीको शैलीमा आफूले एमाले बृत्तमा चिनाएका छन् । एमालेको महाविधेशनमा सचिव पदमा उम्मेदवारी दिएका बस्नेतको फेसबुकको तस्बिर र लेखाइ दम्भ र धम्कीपूर्ण छ । बस्नेतले एमालेका महाधिवेशन प्रतिनिधिहरूलाई धम्कीपूर्ण शैलीमा मतदान गरेर आफूलाई विजयी बनाउन निर्देशन दिएका छन् ।

नेता बस्नेतले लेखेका छन्, ‘म महेश बस्नेत, नेकपा (एमाले)को केन्द्रीय सचिव पदको उम्मेदवार । पार्टी, संगठन र आन्दोलनप्रति प्रतिबद्ध रहँदै अघि बढ्ने संकल्पका साथ तपाईंको अमूल्य मत प्रदान गरी मलाई विजयी गराउन हार्दिक अनुरोध गर्दछु । लाल सलाम ।’

Published : Monday, 2025 December 15, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया