प्रधानाध्यापक र लेखापालविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । धनुषाको शंकर जनता माध्यामिक विद्यालयका प्रधानाध्यापकसहित २ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सोमतबार अख्तियारले विशेष अदालत, काठमाडौंमा धनुषाको विदेह नगरपालिका–२ दुहवीको शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र लेखापाल अरूणकुमार कुशियैतविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९÷०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आइटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।

प्रधानाध्यापक धनिकलाल र अरूणकुमारलाई जनही ८ लाख ६२ हजार १५२ रूपियाँ बिगो माग दाबी गरेको अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।

प्रवक्ता अधिकारीका अनुसार उनीहरूको आपसी मिलोमतोमा सरकारी रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।

Published : Monday, 2025 December 15, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया