भारतबाट भित्र्याइएका ब्रोईलर कुखुराका चल्लाहरू जानकी– १ मा बरामद

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले भारतबाट ल्याइएका अबैध ब्रोईलर कुखुराको चल्लाहरू बरामद गरेको छ ।

प्रहरीले सोमबार बाँकेको जानकी गाउँपालिका वडा नं. १ पचपोखरीमा ब्रोईलर कुखुराका चल्लाहरू बरामद गरेको प्रेस नोटमार्फत जनाएको छ ।

भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको ब्रोईलर कुखुराको ५८५ वटा (९ कार्टुन) चल्लाहरू बरामद गरी आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय, नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

Published : Monday, 2025 December 15, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया