कालीकोट कांग्रेसका सभापतिले कीर्ते गरेर साला, भान्जी र व्यापारीको नाम पठाएपछि विवाद, अर्को समूहले पनि पठायो नाम
काठमाडौं । नेपाली कांग्रेस, कालीकोटका सभापति अम्मबहादुर शाहीले जिल्ला कार्यसमितिका २४ जना सदस्यहरूको कीर्ते हस्ताक्षर गरी आफूसहित साला, भान्जी र व्यापारीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि गरेर पठाएपछि विवाद भएको छ ।
सभापति शाहीले मंसिर २६ गते जिल्ला कार्यसमितिको बैठक राखेर कीर्ते हस्ताक्षर काण्ड गरेका हुन् । त्यसको दोस्रो दिन उपसभापति मीनबहादुर बोगटीको समूहले मंसिर २७ गते बैठक राखेर अर्को सूची पठाएको छ ।
प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा निर्वाचनका लागि नेताहरू आकांक्षी थिए । ती आकांक्षीहरूलाई गुमराहमा राखेर सभापति अम्मबहादुर शाहीले प्रत्यक्षतर्फ आफूसहित साला नाता पर्ने भुपेन्द्रजंग शाही र व्यापारी सीता रावल तथा समानुपातिकतर्फ भान्जी सुशीला शाहीलाई सिफारिस गरेर पठाएका हुन् ।
सीता रावल स्थानीय तहको निर्वाचनमा नरहरीनाथ गाउँपालिकामा पराजित भएकी थिइन् । पराजित भएपछि सीता रावलले सुर्खेतमा व्यापार व्यवसाय गरेर बस्दै आएकी छिन् ।
कालीकोट कांग्रेसको कार्यसमिति १०७ सदस्यीय छ । सभापति अम्मबहादुर शाहीले राखेको कार्यसमिति बैठकमा ६४ जना उपस्थिति गराएका छन् । त्यसमा २४ जनाको कीर्ते हस्ताक्षर रहेको उपसभापति मीनबहादुर बोगटी समूहको भनाइ छ ।
सभापति अम्मबहादुर शाहीले बहुमतबाट प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभामा उम्मेदवारहरू सिफारिस गर्न गरिएको पार्टी बैठकको माइन्यूट उपसभापति बोगटीको समूहले माग गरेको थियो । त्यसपछि सभापति अम्मबहादुर शाहले माइन्यूट हरायो भनेर जवाफ दिएका थिए । माइन्यूट हरायो भनेपछि मुचुल्का बनाउन भनेपछि डरले आत्तिएका सभापति अम्मबहादुर शाहीको हावा खुस्किएको थियो ।
सभापति अम्मबहादुर शाहीको अबैधानिक निर्णयविरुद्ध उपसभापति मीनबहादुर बोगटीको सभापतित्वमा बसेको कालीकोट कांग्रेसको कार्यसमिति बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ हर्षबहादुर बम, नारायणप्रसाद भट्टराई, दमनराज बम, केशरजंग बम र जीवन सुवेदीको नाम सिफारिस गरेको छ ।
समानुपातिकतर्फ कालीबहादुर सहकारी, मुक्तिप्रसाद न्यौपाने, भावनाकुमारी शाही, छाया सुनार र भरत वि.क.को नाम सिफारिस भएको छभने राष्ट्रियसभातर्फ विष्णुबहादुर शाही र दानबहादुर बमको नाम उपसभापति बोगटीको समूहले सिफारिस गरेको छ ।
उपसभापति बोगटीको समूहमा संस्थापनका साथै नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा निकटका नेताहरू पनि छन् । सभापति अम्मबहादुर शाहीतर्फ भने परिवारका सदस्य र व्यापारी छन् । कीर्ते हस्ताक्षर गरेर सभापति अम्मबहादुर शाहीले प्रत्यक्षतर्फ सिफारिस गरेका आफ्ना साला भुपेन्द्रजंग शाही कालीकोटबाट प्रतिनिधिसभामा दुई पटक पराजित भएका नेता हुन् ।
अम्मबहादुर शाहीलाई कालीकोट कांग्रेसका नेताहरूले सर्वसम्मत रुपमा सभापति बनाएका थिए । सबैले सर्वसम्मत बनाएको सभापतिले अहिले आएर जिल्लाका नेताहरूको राजनीतिको हत्या गर्ने गरेर गतिविधि गरेपछि कालीकोट कांग्रेसका कार्यकर्ताहरू निरास बनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया