कांग्रेसद्वारा शोक प्रस्ताव पारित, १३औं दिनमा मोरङमा शोक सभा राख्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक मनाउने निर्णय गरेको हो । बैठकपछि जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं नेता आमोदप्रसाद उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा २०८२ मंसिर २७ गते शनिबार साँझ ९१ वर्षको उमेरमा निधन भयो । उहाँको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ । उहाँको आत्माको चीर शान्तिको कामना साथ दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’

वि।सं। २०४८ मा राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका उपाध्याय वि।सं। २०५६ मंसिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । वि.सं. २०५६ मा शिक्षा तथा खेलकुदमन्त्री भएका थिए । वि.सं. २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात पुनर्स्थापित उपाध्याय व्यवस्थापिका संसदको सदस्य रहेका थिए ।

त्यसैगरी वि।सं। २०६४ को संविधान सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट उनी निर्वाचित भएका थिए ।

‘अत्यन्त शालिन र वौद्धिक व्यक्तित्वका रुपमा पार्टीमा परिचित स्व।उपाध्याय वि.सं. २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएको थियो,’ कांग्रेसले भनेको छ ।

‘राजनीतिक संघर्षका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताउनु भएका उपाध्यायले निर्वासित जीवन समेत बिताउनु भएको थियो । समाजसेवा र अध्ययनमा विशेष रुची राख्ने उपाध्यायका विभिन्न पत्रपत्रिकाहरुमा लेख रचनाहरू समेत प्रकाशित भएका छन्,’ कांग्रेसले भनेको छ ।

‘पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका नेता उपाध्यायको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको छ,’ शोक वक्तव्यमा भनिएको छ ।

उनको पार्थिव शरीरलाई आजै बिहान ११ः०० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

२०८२ मंसिर २९, पुस १ र २ गते ९तीन दिनसम्म० पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा शोक मनाउन कांग्रेसले झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

२०८२ पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने तथा स्वर्गारोहणको १३औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय कांग्रेसले गरेको छ ।

स्वर्गारोहणको १३औं दिनमा उनको गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने पनि कांग्रेसले राखेको छ ।

Published : Monday, 2025 December 15, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया