गायिका विन्दु परियार र आश्मानको सहकार्यमा नयाँ गीत रिलिज
काठमाडौं । गायिका विन्दु परियार तथा गायक आश्मान के.सी.को नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो । गीतमा आश्मानले नै शब्द र सङ्गीत दिएका छन् ।
गीतको म्युजिक भिडिओमा समेत विन्दु र आश्मान नै फिचर्ड छन् । भिडिओ सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा उपस्थित सम्पूर्णले विन्दु र आश्मानको जुगल्बन्दीको प्रशंसा गरेका छन् ।
गायिका विन्दुले आफ्नो गीतमा देखिने सपना यसपटक पूरा भएको बताइन । उनले भनिन्, ‘आफ्नो गीतमा नाचौं–नाचौं लागेको थियो । यसपटक त्यो सपना पूरा भयो । यसपटक नाच्ने शैलीको गीत तयार गरेको छु । आश्मानजीसँगको कोल्याबले पृथकता दिएको महसुस भएको छ । गीत सबै वर्गलाई हुने किसिमले तयार गर्ने कोसिस गरेका छौँ ।’ विन्दुले गीतमा पहिलोपटक मोडलिङ गरेको बताउँदै नयाँ अनुभव सङ्गालेको बताइन् ।
गीतकार राजेन्द्र थापाले विन्दुको स्वर अन्यभन्दा पृथक रहेको बताएका छन् ।
थापाले भने, ‘विन्दुलाई मैले सुरुआती दिनदेखि नै पृथक आवाजका कारण नोटिस गरेको हुँ । उनी विभिन्न किसिमका गीतमार्फत आफ्नो क्षमता देखाउने गर्छिन् । यसपटक आधुनिक आवाजमा र्याप आएको छ, यसले नयाँ सम्भावनालाई दर्शाउएको छ ।’
गीत ‘च्वाप्प मोइ’ लाई गायिका विन्दुकै विन्दु परियार नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतलाई डाइनामिक स्टुडियोमा तयार गरिएको हो भने विमल छिनालले एरेञ्ज गरेका हुन् । गीतको भिडिओमा मेघनाथ चौधरीको छायाङ्कन, विमला तामाङको शृंगार, मिलन विश्वकर्माको कलर, जीएफएक्स र सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । आश्मानले भिडियोको निर्देशन गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया