स्वघोषित अभियन्ता भीमप्रसाद उपाध्यायसहित १७ जनाविरुद्ध फाइल बोकेर अख्तियार सर्वोच्चमा गयो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाई दिएका खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू लगायत १७ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनमा गएको छ ।

आइतबार अख्तियार फैसला पुनरावलोकनका लागि सर्वोच्चमा गएको प्रेस विज्ञप्तिमा उल्लेख छ । अख्तियार तत्कालीन सचिवहरू डा.सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, रुद्रसिंह तामाङ, तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल लगायत १७ जनाविरुद्ध सर्वोच्चमा गएको छ ।

मेलम्ची आयोजना भ्रष्टाचारमा अख्तियारले २०८० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पौने ७ अर्ब रुपियाँको भ्रष्टाचार मुद्दामा थापाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपियाँ ९५ पैसा बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबी गरिएको थियो । विशेषले सफाइ दिएपछि अख्तियार सर्वोच्च गएको हो ।

सचिवबाट अवकासमा जानेवित्तिकै भीमप्रसाद उपाध्याय अभियन्ता बनेका छन् । अराजक र उत्ताउला गतिविधि गर्दै आएका उपाध्यायले मेलम्ची खानेपानीमा डामिएर सफाइ पाए पनि सर्वोच्चमा भ्रष्टाचारविरुद्धको मुद्दा खेप्नुपर्नेछ ।

Published : Sunday, 2025 December 14, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया