राष्ट्रिय परिचयपत्रमा विवरण हेरफेर गर्ने २ कर्मचारीलाई सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।

आइबार सीआईबीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा विभागका कर्मचारी २८ वर्षीय सुनितप्रभाग रेग्मी र २८ का आशिषबाबु कुमाललाई पक्राउ गरिएको छ । पक्राउ परेका रेग्मी सुनसरीको छिटाहा घर भइ हाल ललितपुरको महालक्ष्मी नगरपालिका ३ बस्दै आएका थिए । कुमाल गोरखाको गोरखा नगरपालिका वडा नं. १० घर भइ हाल ललितपुर महानगरपालिकाको वडा नं. १३ बस्दै आएका थिए ।

रेग्मी र कुमाल विभगको विवरण दर्ता अपरेटरको रुपमा कार्यरत रहेका थिए । उनीहरूले विवरण दर्ताको यूजर आईडी र पासवर्ड दुरुपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिको विवरण हेरफेर गरेका थिए ।

मंसिर २७ गतेपक्राउ परेका रेग्मी र कुमाललाई काठमाडौं जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि सीआईबीले पाँच दिनको म्याद लिएको छ ।

Published : Sunday, 2025 December 14, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया