देउखुरीमा १५० नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश, केन्द्रीय सदस्य चौधरीद्वारा स्वागत
गढवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले गलत व्यक्ति र पार्टीको हातमा राजनीति जाँदा मुलुकले संकट भोग्नु परेको बताएका छन् ।
शनिबार दाङको देउखुरीस्थित गढवा गाउँपालिका वडा नं. ४ मा बृहत पार्टी प्रवेश कार्यक्रममा नेता चौधरीले गलत व्यक्तिले चुनाव जितेर सत्ता चलाउँदा देश र जनताले दुःख पाउन गरेको बताए । उनले कांग्रेस मात्रै लोकतान्त्रिक र जनताको दुःख, सुखमा साथ दिने पार्टी भएको बताए ।
चित्त बुझेन भने आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको समेत आलोचना गर्न पाइने पार्टी कांग्रेस रहेको भन्दै नेता चौधरीले कांग्रेसलाई आगामी निर्वाचनमा विजयी बनाउन आग्रह गरेका छन् ।
उनले भने, ‘मलाई चित्त बुझ्दैन भने मेरै सभापति शेरबहादुर देउवाविरुद्ध बोल्न दिने अधिकार मेरै पार्टीले दिएको छ । अभिभावकसँग चित्त बुझ्दैन भने तपाईले बोल्न पाउनुपर्छ भन्ने यो अधिकार नेपाली कांग्रेसले दिएको छ ।’
‘कुनै दिन थियो यो देशमा कमैया प्रथा । मालिकले जे भन्यो त्यही गर्नुपर्थ्यो । मालिकले जति खान दियो त्यति खानु पर्थ्यो । स्वतन्त्रता थिएन । यही नेपाली कांग्रेसले हो २१औँ शताब्दीमा दास कोही हुन सक्दैन भनेर भनेर नेपाली कांग्रेसले स्वतन्त्रता दियो,’ नेता चौधरीले भने ।
उनले भने, ‘मैले र नेपाली कांग्रेसले बुझेको राजनीतिले तपाईको अनुहारमा कसरी हाँसो ल्याउने हो ? तपाईको जीवनमा कसरी सुख दिने हो ? त्यहाँसम्म पुग्नका निम्ति राजनीतिको बाटो तय गर्नुपर्छ ।’
‘राजनीति पवित्र हो । राजनीति गलत मानिसको हातमा गयो भने र गलत पार्टीमा गयो भने तपाईलाई हिंसा, आँशु र तपाईको जीवनमा दुःख बाहेक सबैतिर अध्याँरो हुन्छ । राजनीतिलाई ठीक ठाउँमा राख्यौँ की राखेनौँ ? ध्यानदिनुपर्छ,’ उनले भने ।
‘राजनीति गलत मान्छेको हातमा दिएको कारण मुलुकले दुःख पाइरहेको छ । समाजलाई जसरी बदल्नु पर्ने थियो त्यो बदल्न सकेका छैनौं,’ नेता चौधरीले भने ।
कार्यक्रममा विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई नेता चौधरीले कांग्रेसमा स्वागत गरेका छन् । कार्यक्रममा एमाले, माओवादी, राप्रपा लगायत विभिन्न दलका झण्डै १ सय ५० नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले नवप्रवेशीहरूलाई योग्यता र क्षमताका आधारमा कांग्रेसले जम्मेवारी दिने बताएका छन् । उनले कांग्रेसले मात्रै सबैको कुरालाई नजिकबाट बुझेको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया