लोक तथा दोहोरी गायिका रीता थापा कांग्रेसबाट समानुपातिकतर्फ उम्मेदवारमा सिफारिस

धादिङ । नेपाली कांग्रेस, धादिङले लोकदोहोरी गायिका रीता थापा मगरलाई प्रतिनिधिसभा समानुपातिक उम्मेदवारतर्फ सिफारिस गरेको छ ।

नेपाली कांग्रेस, धादिङ क्षेत्र नं. २ बाट रीता प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएकी हुन् ।

रीता राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष छिन् । प्रतिष्ठानको पहिलो महिला अध्यक्षसमेत रहेकी रीताको कार्यकाल फागुनमा सकिँदैछ ।

Published : Saturday, 2025 December 13, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया