कांग्रेस नेता चापागाईं राष्ट्रियसभातर्फ भोजपुरबाट सिफारिस

भोजपुर । नेपाली कांग्रेसका नेता उत्तम चापागाईं राष्ट्रियसभातर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् ।

नेपाली कांग्रेस, भोजपुरले चापागाईंलाई राष्ट्रियसभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको हो । नेता चापागाईंले कांग्रेसमा संगठन निर्माणमा पु¥याएको योगदानको कदर गर्दै भोजपुर कांग्रेसले सिफारिस गरेको छ ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल हुँदै कांग्रेसको राजनीतिमा सक्रिय रहेका चापागाईं समकालीन राजनीतिमा कम अवसर पाउने नेतामा पर्छन् । कांग्रेसको केन्द्रीय नेतृत्वले चापागाईंलाई यस पटक राष्ट्रियसभाको टिकट दिएर न्याय गर्नुपर्ने भोजपुर कांग्रेसका नेता, कार्यकर्ताहरूको आशा छ ।

नेता चापागाईंसँगै तरुण दल, नेविसंघमा रहेका काम गरेका नेताहरूले धेरै अवसर पाइसकेका छन् ।

Published : Saturday, 2025 December 13, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया