पहिलो दृष्टिविहीन चेस स्पर्धा शुरु
जावलाखेल । नेपालमा पहिलो पटक दृष्टिविहीन चेस खेलाडीहरूको लागि पभिलियन दृष्टिविहीन चेस प्रतियोगिता २०८२ शुक्रबारदेखि ललितपुरमा शुरु भएको छ ।
दुई दिन सञ्चालन हुने दृष्टिविहीन चेस प्रतियोगिता नेपाल त्रिविसा संस्था र पभिलियन चेस एकेडेमीले संयुक्त रुपमा आयोजना गरेको हो ।
दृष्टिविहीन चेस प्रतियोगिता पूर्व नेपालका लागि जर्मन राजदूत युडो भल्स र नेपाल चेस महासंघका अध्यक्ष हेराकाजी महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
राष्ट्रिय सहकारी महासंघ, हरिहरभवनको सभाहलमा शुरु भएको चेस प्रतिस्पर्धामा ल्यावोरेटरी स्कूल (कीर्तिपुर), नमूना मछिन्द्र उच्च मा.वि.(लगनखेल), सञ्जीवनी उच्च मा.वि. (धुलिखेल), पृथ्वी नारायण उच्च मा.वि.(तारकेश्वर), आदर्श सेकेण्डरी स्कुल (सानो ठिमी) र अपाङ्ग सेवा संघ (बुङ्ममती)को सहभागिता रहेको छ ।
स्विस लिग प्रणाली अन्तर्गत ६ चरणको चेस प्रतिस्पर्धामा ४९ जना विद्यार्थी खेलाडीहरू आफ्नो औंलाको स्पर्शले काठको बोर्डमा छोएर चाल चल्ने छन् ।
कार्यक्रममा जर्मन राजदूतले दृष्टिविहीन बालबालिकाका लागि स्मरण शक्ति वृद्धि गर्ने, धैर्यवान बनाउने, मानसिकस्थिरता कायम राख्ने तथा विषय केन्द्रित सोंच विकास गराउन अत्यन्त प्रभावकारी गर्ने बताए ।
पभेलियन चेस एकेडेमीले सयौं बालबालिकालाई चेस प्रशिक्षण दिँदै जुनियर राष्ट्रिय च्याम्पियन खेलाडी उत्पादन गरिरहेको महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी गराएका छन् ।
गैर नाफामूलक नेपाल त्रिविसा संस्थाले अपाङ्ग, सडक बालबालिका, कमजोर विद्यार्थी, अनाथालय, गुम्बा तथा विभिन्न संस्था र समुदायमा सामाजिक कार्य गर्नुका साथै बुद्धिचालको पहुँच विस्तारमा सक्रिय रहँदै आएको सञ्चालन रमिला पोखरेलले बताए ।
शुक्रबार २ चरणको खेल सम्पन्न भएको छ भने वाकी ४ चरणको खेल शनिबार समाप्त हुनेछ । सो पश्चात प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलको प्रमुख आतिथ्यतामा ४ बजे हुने सुशील चौधरीले जानकारी गराएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया