काठमाडौं ४ मा गगन थापा र उनको समूहद्वारा गुण्डाशैलीमा माईन्यूट कब्जा, सर्वसम्मत नभएको खुलासा
काठमाडौं । नेपाली कांग्रेस, बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले गगन थापाले माइन्यूट लुटेर, कब्जा गरेर काठमाडौं क्षेत्र नं. ४ बाट सर्वसम्मत भएको नौटंकी गरेको बताएका छन् । थापा काठमाडौं ४ बाट सर्वसम्मत हुन नसकेको श्रेष्ठले बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत बागमती कांग्रेसका महामन्त्री श्रेष्ठले महामन्त्री थापा र उनको समूहले क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको हस्ताक्षर गराएर माइन्यूट कब्जा गरेर लगेको बताए । गगन थापाको क्षेत्रमा मान्यूट लुट्, जालझेल गर्ने, धम्की दिने, चरित्रहत्या गर्ने सामान्य विषय भएको श्रेष्ठले बताएका छन् ।
काठमाडौं ४ का मतदाताले निरन्तर १५ वर्षदेखि गगन थापालाई सामना गरेर आजित बनेको भन्दै श्रेष्ठले ४ का मतदताले परिवर्तन चाहेको बताएका छन् । गगन थापाले सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणा गम्भीर घाइते भइ अस्पतालमा उपचाररत रहेका बेला पार्टी कब्जा गर्न विशेष महाधिवेशनको नाममा हस्ताक्षर अभियान चलाएको व्यक्तिले काठमाडौं ४ मा टिकटका लागि गुण्डागर्दी गर्नु कुनै नौलो कुरा नरहेको सो क्षेत्रका मतदाताहरूले बताएका छन् ।
काठमाडौं ४ का मतदाता समेत रहेका प्रदेश महामन्त्री श्रेष्ठ आफूसहितका नेताहरू प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारको आकांक्षी रहेको बताएका छन् । उनले गगन थापा सिफारिस भए पनि सर्वसम्मत हुनै नक्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘गगन थापा फेरि सर्वसम्मत । यहि मंसिर २३ गते बिहान ८ बजे वडा र प्रदेश निर्वाचन क्षेत्रको बैठक, सिफारिसबिना सिधै काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवार सिफारिस बैठक बस्छ, माईन्यूटको उपस्थितिमा हस्ताक्षर संकलन सकाएर बैठक स्थगित हुन्छ ।’
‘भोलिपल्ट २४ गते सामाजिक संजालमा लगातार पाँचौ पटकका लागि गगन थापा सर्वसम्मत सिफारिसको भ्रम फिजाईन्छ,’ बागमती प्रदेशका महामन्त्री श्रेष्ठले लेखेका छन् ।
‘क्षेत्र नम्बर ४ का लागि यो नौलो विषय भने हैन, राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनमा पराजित गर्ने प्रा.सुप्रभा घिमिरे दोस्रोपटक सिफारिसका लागि बैठकभर गगन थापाको अगाडि रोइरहिन,’ श्रेष्ठले लेखेका छन्, ‘त्यति बेला पनि गगन थापा सर्वसम्मत सिफारिस भयो, भनियो ।’
महामन्त्री श्रेष्ठले प्रश्न गर्दै भने, ‘अरु आकांक्षीहरूले उम्मेदवारी फिर्ता नभएको परिस्थितिमा बहुमतले निर्णय गर्न सक्छ तर, सर्वसम्मत कसरी हुन्छ ?’
‘अचम्म त कति बेला लाग्यो भने जुन बेला उनी (गगन थापा) स्वयम् क्षेत्रीय सभापति थिए, उम्मेदवार सिफारिसका लागि बोलाइएको बैठकमा सम्पूर्ण उपस्थितिको घण्टौंसम्म उनीसंग माइृन्यूट समेत थिएन ।’
‘केन्द्रमा शेरबहादुर देउवा मात्र परिवर्तन हुनुपर्ने ? क्षेत्रमा गगन थापा परिवर्तन हुनु नपर्ने ? ३० वर्ष लगातार माननीय भै राख्नुपर्ने ? अर्को पटकफेरि राष्ट्रपतिको लागि उम्मेदवार हुनुपर्ने होला,’ श्रेष्ठले प्रश्न उठाएका छन् ।
‘यस्ता गगन थापा पार्टी सभापति भए पार्टीमा लोकतन्त्रको के हविगत होला ? अनुमान लाउन गा¥हो छैन,’ बागमती कांग्रेसका महामन्त्री श्रेष्ठले भनेका छन् ।
यसैबीच, काठमाडौं क्षेत्र नं. ४ बाट कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि विनोदबाबु प्रधानले पनि गगन थापाविरुद्ध सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपाले पठाएको नेपाली कांग्रेस पार्टी महाधिवेशन कार्यतालिका २०८२/०१/२६,२७, र २८ गते र साथै २०८२/०५/२३–२४ गते देशमा भएको जेनजी आन्दोलन पश्चात् मूलुकमा निर्माण भएको वर्तमान सरकारले नेपाल अधिराज्यभर संघीय संसदको चुनाव, राष्ट्रीय सभाको चुनाव साथै समानुपातिक बन्दसूचीको कार्यतालिका प्रत्येक क्षेत्रमा पुगिसकेको ब्यहोरा हामीसबै लाई अवगत नै छ ।’
‘अब कुरा रह्यो काठमाडौं क्षेत्र नम्बर चार (४) संघीय चुनावको लागि पार्टीले पठाएको निति, बिधि, पद्धतिको अनुसरणगर्दै मैले पनि आफ्नो उम्मेदवारी संघीय संसदको प्रत्येक्षतर्फका लागि नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर चार (४) का पार्टी सभापतिलाई मेरो उम्मेवारी पार्टीको प्रकिया बमोजिम तीन जनाको (३) माग भएबमोजिम यस क्षेत्रमा दुई (२) जनाको मात्र उम्मेवारी परेको हुँदा त्यसमध्ये मेरो उम्मेवारी संघीय संसदको प्रत्यक्षतर्फ यथावत् रुपमा कायम रहेको सबैमाझ जानकारी गराउँदै सबैलाई हातेमालोका लागि आव्हान गर्दछु,’ प्रधानले लेखेका छन् ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया