केन्द्रीय सदस्य कल्याण गुरुङसहित ६ जनाको नाम महोत्तरी १ का लागि प्रत्यक्षतर्फ सिफारिस

बर्दिबास । नेपाली कांग्रेस, महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फको उम्मेदवारका लागि केन्द्रीय सदस्य कल्याणकुमार गुरुङसहित ६ जनाको नाम सर्वसम्मत सिफारिस भएको छ ।

महोत्तरी जिल्लाको क्षेत्र नं. १ को क्षेत्रिय कार्य समिति, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश अधिवेशन प्रतिनिधिहरू र सो क्षेत्रका जिल्ला कार्य समितिका सदस्यहरूको संयुक्त बैठकले केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ, सीताराम भण्डारी, चिरन्जीवी हमाल, मुकेश काफ्ले, रेखा यादव र पोषण थापाको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ ८ जना र राष्ट्रिय सभामा मधेश प्रदेशमा खाली हुने महिला, दलित, अपाङ्ग वा अल्पसंख्यक र अन्य समूहमा पनि नामहरू सर्वसम्मत सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

Published : Thursday, 2025 December 11, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया