हत्या हुनबाट बाँचेका सभापति देउवाको गुन डडेल्धुरा कांग्रेसले सम्झियो, बैगुनीहरूसँग बदला लिने

अमरगढी । नेपाली कांग्रेस, डडेल्धुराले सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ ।

बिहीबार डडेल्धुराको अमरगढीमा बसेको जिल्ला कार्यसमितिको बैठकले सभापति देउवाको नाम प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय गरेको जिल्ला सभापति भीमबहादुर साउदले बताए ।

पूर्वप्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय भएको सभापति साउदले जानकारी दिए ।

डडेल्धुराका मतदाताहरूले सभापति देउवालाई यस पटकको निर्वाचनमा ऐतिहाँसिक जित दिलाएर पठाउने सभापति साउदले बताएका छन् । सभापति देउवामाथि भएको हमला र आक्रमणको डडेल्धुराले बदला लिने गरी तयारी गरेको छ ।

सभापति देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन् । यस पटक पनि सभापति देउवा निर्वाचित हुने डडेल्धुरा कांग्रेसका कार्यकर्ताहरूले बताएका छन् ।

भदौ २४ गते सभापति देउवा र नेतृ डा.आरजु राणाको हत्या गर्ने उद्देश्यले बुढानिलकण्ठस्थित निवासमा प्रवेश गरेर अराजक समूहले सांघातिक आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका देउवा र डा.राणा उपचारपछि सामान्य जीवनमा फर्किएका छन् ।

डडेल्धुरा कांग्रेसले सभापति देउवालाई प्रतिनिधिसभा प्रत्यक्षतर्फ सर्वसम्मत एकल उम्मेदवार बनाउने निर्णय गरेर न्याय गरेको छ । डडेल्धुरा मात्रै होइन सुदूरपश्चिमलाई काठमाडौंसँग जोड्न देउवाको ठूलो योगदान छ ।

सभापति देउवा र नेतृ डा.राणा गम्भीर घाइते भइ अस्पतालमा उपचारत रहेका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तन गर्ने भनेर विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका थिए । थापा र शर्माको यो अहँकार, घमण्ड र दम्भलाई कांग्रेसका कार्यकर्ताले एकदिन अवश्य तोड्नेछन् ।

Published : Thursday, 2025 December 11, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया