जाजरकोट कांग्रेसद्वारा खड्गबहादुर बुढासहितका नेताहरूको नाम सिफारिस
जाजरकोट । नेपाली कांग्रेस जाजरकोटले प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
बिहीबार जाजरकोटको खलङ्गामा बसेको बैठकले जिल्ला कार्यसमितिले उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा टुंग्याएको जनाएको हो । बैठकमा केन्द्रीय सदस्य समेत रहेका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजिवबिक्रम शाहको पनि उपस्थिति रहेको थियो ।
सिफारिस हुनेहरूमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ खड्गबहादुर बुढा, मैना कार्की, मुक्तिप्रसाद आचार्य, महेन्द्रबहादुर शाह र रामजंग शाह रहेका छन् ।
प्रतिनिधि सभा समानुपातिकतर्फ रामछाया शाही, हजारी नेपाली बादी, भूमिलाल रोकाय, जनक बादी र बिष्णु गिरीको नाम सिफारिस भएको कांग्रेस जाजरकोटले जनाएको छ ।
राष्ट्रिय सभातर्फ तीनजनाको नाम सिफारिस भएको छ । सिफारिस सूचीमा दीपकजंग शाह, खम्बजंग शाह र गीता नेपाली समावेश छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया