कांग्रेस नेता खाणको सुझावमा रुपन्देही ३ मा ६ नेताहरूको नाम सिफारिस
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणको आग्रह र सुझावपछि रुपन्देही क्षेत्र नं. ३ कार्यसमितिले ६ जनाको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
बुधबार भैरहवामा बसेको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ को कार्यसमिति बैठकले नेता खाणको सुझावसहितको निर्णय गरेको हो । क्षेत्रीय सभापति सुशील गुरुङलाई नेता खाणले प्रतिनिधिसभा लगायतमा उम्मेदवार बन्न चाहने इच्छुक नेताहरूको नाम राखेर सिफारिस गर्न आग्रह गरेका थिए । सोही आग्रहपछि क्षेत्रीय कार्यसमितिले नेता खाणसहितका नेताहरूको नाम सिफारिस गरेको हो ।
पूर्वमन्त्री एवम् नेता खाणले आफ्नो नाम राख्नका लागि क्षेत्रीय कार्यसमितिसँग कुनै पनि आग्रह गरेका थिएनन् । यद्यपि, कार्यसमितिले नेता खाणको सम्मानका लागि नाम सिफारिस गरेको थियो । अदालतमा मुद्दा विचाराधीन रहेका कारण खाणले व्यक्तिगत रुपमा निर्वाचनमा धेरै रुची देखाएका छैनन् ।
रुपन्देही ३ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिसमा हुनेहरूमा नेता खाणसहित क्षेत्रीय सभापति सुशील गुरुङ, रामचन्द्र ढकाल, विमल ढकाल, गोविन्दबहादुर खत्री र रमेश खनाल छन् ।
कांग्रेसको रुपन्देही ३ क्षेत्रीय कार्यसमितिले समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पा थरुनी र माधवी शर्मालाई सिफारिस गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया