रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमला पत्नी एलिजा उपाध्यक्ष रहेको पार्टीको तर्फबाट बैठकमा सहभागी

गौर । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् प्राईम टेलिभिजनका मालिक ऋषि धमला ‘हाम्रो आम जनता पार्टी’ र ‘जनादेश पार्टी नेपाल’को संयुक्त बैठकमा सहभागी भएका छन् ।

बिहीबार रौतहटमा बसेको संयुक्त बैठकमा प्राईम टेलिभिजनका मालिक धमला जनादेश पार्टी नेपालको तर्फबाट सहभागी भएको हाम्रो आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए । अध्यक्ष साहले भने, ‘ऋषि धमलाजी हाम्रो पार्टी प्रवेश गर्नु भएको होइन । जनादेश पार्टी नेपालको तर्फबाट बैठकमा सहभागी हुनुभएको हो ।’

प्राईम टेलिभिजनका मालिक धमलाकी पत्नी एलिजा गौतम धमला जनादेश पार्टी नेपालको उपाध्यक्ष छिन् ।

‘हाम्रो आम जनता पार्टी’ र ‘जनादेश पार्टी नेपाल’ले आगामी निर्वाचनमा ‘मोबाइल’ चुनाव चिन्हलाई विजय बनाउन एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धतासहित संगठन समायोजनको ठोस योजना निर्माण गरेको अध्यक्ष साहले बताए ।

बैठकमा नागरिक पार्टीका सह–महामन्त्री दीपदर्शन कुँवर पार्टीमा प्रवेश गरेका छन् । उनलाई अध्यक्ष साहले पार्टी प्रवेश गराएका छन् । समाजिक अभियन्ता ईन्द्रजित साफीले मोबाईल छापले चुनाव लडने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरेको साहले बताए ।

Published : Thursday, 2025 December 11, 7:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया